
नारी बाटिका
नारी वाटिका संवाददाता
बारा- १० जेठ ।
बारा रास्वपाका सांसदहरु जिल्लाका पार्टी कार्यकर्ताहरुद्वारा लखेटिएका छन् ।
शनिबार बारा जिल्लामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टीको विस्तारित बैठकमा विवाद चुलिएपछी आफ्नै पार्टीका कार्यकर्ताले सांसदमाथि आक्रमण गरेका थिए ।
आफैले जिताएर पठाएका सांसदहरुको कार्यशैलीदेखी रुष्ट बनेका कार्यकर्ता र सांसदहरुकोबिचमा विवाद चर्किएपछी बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का चन्दन सिंह, बारा–३ का अरविन्द साह र बारा–४ का रहबर अन्सारी बैठक स्थलबाट बाहिरिने क्रममा कार्यकताहरुबाटै लखेटिएक हुन्।
विस्तारित बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरुलाई संगठनबाट बाहिर राख्न खोजिएको विषयले विवाद चर्किएको थियो ।
जिल्ला(वडा)तहमा बसेर पार्टीको लागी उल्लेनीय काम गरेका कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनमा टिकट नदिई पहिले नै टिकट बिक्री गरिएको भन्ने आरोप नेताहरुप्रति लागेको छ ।
सोही विषय उठेपछि विवाद उत्कर्षमा पुगेको र बैठकमा विवाद चर्काचर्की मात्रै नभई कार्यकर्ताहरु आक्रमक शैलीमा उत्रिएको भिडियो तस्वीहरु सामाजिक संन्जालमा छरपष्ट भएको थियो ।








प्रतिक्रिया दिनुहोस