
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२६ जेठ ।
प्रधानमन्त्री बालेन्द्र शाहले छानबिनको घेरामा रहेका सुधन गुरुङ पुनः गृह्रमन्त्रीमा नियुक्त गर्ने भएका छन् । गुरुङलाई क्लीन चिट दिएर गृहमन्त्रीमा ल्याउन प्रधानमन्त्री शाहले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस पेश गरेका हुन्।
गुरुङ संगै प्रधानमन्त्रीले महाबिर पुनलाई पनि विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रीमा सिफारिस गरेको एक स्रोतले जनाएको छ। साथै नवनियुक्त मन्त्रीहरूले अहिले दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी गरिँदै छ ।
सम्पत्ति शुद्धीकरण प्रकरणमा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएर बाहिरिएका थिए । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका भएपनि हालै सरकारले उनलाई क्लीन चिट दिएर पुनः गृहमन्त्री बनाउन लागिएको हो। उनीहरुको सपथग्रहण आज अपराह्न ३ बजे हुने तयारी गरिँदैछ।
विभिन्न विवादका कारण यसअघि पदबाट राजीनामा दिएका गुरुङलाई छानबिन प्रतिवेदनपछि सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागेको हो। सपथका लागि राष्ट्रपति कार्यालयमा आवश्यक प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।








प्रतिक्रिया दिनुहोस