आज: २०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

पर्सा अदालतबाट पनि फिर्ता भयो सभापति रविको संगठित अपराधको मुद्दा

२०८३ जेष्ठ २६, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२६ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध लागेको संगठित अपराधको मुद्दा पर्सा जिल्ला अदालतबाट पनि फिर्ता भएको छ।

सभापति लामिछानेमाथी विगतमा लागेको उक्त मुद्दामा महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलले जिल्ला अदालत पर्सामा आरोपपत्र संशोधनका लागि निवेदन पेश भएको थियो।

मंगलबार न्यायाधीश मोहन सुवेदीको इजलासले निवेदनका आधारमा आरोपपत्र संशोधनको आदेश दिनु भएको पर्सा अदालतले जनाएको छ। यो आदेशपछी अब लामिछानेमाथि सहकारी ठगीको मात्रै मुद्दा बाँकी छ। यसपछी लामिछानेको बाँकी मुद्दाका आरोपीहरु र पीडितका बीचमा मिलापत्र गर्न मिल्ने बाटो खुलेको हो।

सभापति लामिछानेबिरुद्धमा कास्की अदालतमा परेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि फिर्ता भइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस