आज: २०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

आज सातै प्रदेशका बजेट आउँँदै

२०८३ अषाढ १, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


साढे ३ खर्बको हाराहारीमा प्रदेशहरुको बजेट आउने सम्भावना

बिबियु, नारी वाटिका संवाददाता
धादिङ १ असार ।

आज देशका सातै प्रदेशले करिब ३ खर्ब २० अर्बदेखि ३ खर्ब ४० अर्ब को बजेट ल्याउने तयारी गर्दैछन् छ । संघीय सरकारले प्रदेशलाई दिने अनुदान बढाए पनि तर प्रदेशहरूको आफ्नै आन्तरिक आय कमजोर अवस्थामा रहेकाले बजेटको आकार नबढ्ने पनि सम्भावना छ ।

गत आर्थिक वर्ष २०८२।८३ मा सातै प्रदेश सरकारले ल्याएको कुल बजेट झण्डै ३ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी थियो । ति मध्य बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णाली प्रदेशकोबजेट सानो आकारको थियो । प्रदेशगत रूपमा हेर्दा वागमतिको बजेट ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर देखिएको छ । अधिकांश प्रदेशको पुँजीगत खर्च ५० प्रतिशत भन्दा तल रहेको छ ।

आज असार १ गते आर्थिक वर्ष २०८३।८४ का लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख बजेट अनुदान उपलब्ध गराउने भएको छ । यसरी हेर्दा चालु वर्ष २०८२÷८३ मा दिइएको ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ भन्दा करिब १२ अर्ब ९ करोड रुपैयाँ बढी देखिएको हो ।

जसमध्य पनि वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश भएका छन् । संघीय सरकारले सशर्त अनुदान शीर्षकमा मात्रै प्रदेशहरूलाई ३९ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको देखिएको छ ।

विशेष गरी प्रदेशहरूको बजेट चार स्रोतबाट हुने छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौज्दात रकमबाट सबै प्रदेश सरकारले बजेट बनाउने गरेका छन् ।

यस आवको तुलनामा आगमी चालु वर्षको लागी प्रदेशहरूले महत्वाकांक्षी बजेट ल्याउने सम्भावना देखिँदैन । किनकी हालको अवस्थालाई हेर्दा सवै जसो प्रदेश सरकारका खर्च क्षमता कमजोर देखिएकाले, अधुरा आयोजनाहरु सबै थुप्रिएका र संघीय सरकारले पनि कार्यान्वयन गर्न सक्ने बजेटमा मात्रै जोड दिएको देखिन्छ ।

त्यसैले पनि आगमी आर्थिक वर्षको लागी विगतमा जसरी प्रदेश सरकारहरुको महत्वाकांक्षी बजेट आउने सम्भावना कम रहेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस