आज: २०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

डाँका तथा चोरी मुद्दाका फरार अभियुक्त धादिङ प्रहरीद्वारा पुनःपक्राउ

२०८३ अषाढ ६, शनिबार मा प्रकाशित ( २ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


धादिङ ६ असार ।

भदौ २३ । २४ मा जेनजी आन्दोलनका फरार अभियुक्तहरु पुनः चोरी गर्दै एकपछी अर्को गर्दै पक्राउ पर्न थालेका छन् । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका डाँका तथा चोरी मुद्दाका अभियुक्त पुनः चोरी घटनामा संलग्न रहेकोले धादिङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका २ बैकुण्ठ घर भएका बर्ष ३३ को रुद्र मोक्तान,धादिङको बेनिघाट रोराङ गाउँपालिका(१ जरुङका बर्ष २१ को अशोक तामाङ र सोही स्थान बस्ने बर्ष १९ को उमेश तामाङ रहेका छन् । साथै उनीसँगै थप दुई जनालाई पनि धादिङ प्रहरीले पक्राउ गरेको हो।

रुद्र मोक्तानसहित चोरका टोलीले यही असार ४ गते मकवानपुरको कैलाश गाउँपालिका(२ बैकुण्ठस्थित बुद्धराम मोक्तानको घरबाट नगद ६ लाख चोरी गरेका थिए । उक्त घटनापछी प्रहरीले खोजी अभियान चलाएको थियो।

खोजीका क्रममा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले सुक्रबार गजुरी गाउँपालिका(६ आदमघाट बजारस्थित किरान्चोकबाट आदमघाटतर्फ आउँदै गरेको मोटरसाइकलहरुमा सवार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डिएसपी प्रकाश दाहालले जानकारी दिनु भयो।

पक्राउ परेकामध्य रुद्र मोक्तान डांका (चोरी )मुद्धामा सजाय भोगिरहेका कैदीवन्दी हुन् । उनी जेनजी आन्दोलनको मौका छोपेर मकानपुरको भिमफेदी कारागारबाट फरार भएका अभियुक्त हुन् ।

प्रहरी प्रवक्ता तथा दाहालका अनुसार मोक्तान विरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र चोरी तथा डाँका सम्बन्धी मुद्दा लागेका अभियुक्त रहेको बताइएको छ ।

यसअघि पनि मोक्तानले २०७६ सालमा एक व्यक्तिलाई गोली हानी फरार रहेकोमा पक्राउ परेका थिए भने प्रहरीले उनकै गोठबाट तीन थान भरुवा बन्दुक समेत बरामद गरेको थियो।

प्रहरीका अनुसार रुद्र मोक्तानको साथबाट चोरी भएको रकममध्ये ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ परेका तीनैजनाको साथमा ग.८ प ९३२१ र ना.१७ प ४१७५ नम्बरका दुई वटा मोटरसाइकल तथा तीन थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुर पठाइएको प्रहरी प्रवक्ता प्रकाश दाहालले जानकारी दिनु भयो छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस