
नारी बाटिका
नारी वाटिका संवाददाता
चितवन- ७ असार ।
स्थापनापछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आजबाट चितवन जिल्लामा गर्दैछ । अधिवेशनको लागी सम्पुर्ण तयारी पूरा गरेको आयोजकले जनाएको छ। आजदेखी तीन दिनसम्म चल्ने महाधिवेशनका लागि रास्वपाले केन्द्रीय निर्वाचन आयोग गठन गरी सोही अनुसार निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आगामी असार २२ गते (मंगलबार) बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्मको लागी मतदानको समय तोकिएको छ। साथै मतदान सकिएको दुई घण्टा मै मतगणना गरिने जनाएको छ।
पार्टी स्थापना भएपछीको यो पहिलो महाधिवेशनबाट पार्टीका पुरानै व्यक्ति नयाँ नेतृत्वको रुपमा चयन भएर आउने आंकलन गरिएको छ। यद्यपि केही पदमा भने नयाँ व्यक्तिहरु आउने अनुमान गरिएको छ । पार्टीको संशोधित विधान अनुसार १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ।
जसमा सभापति, वरिष्ठ नेता, (एक महिला)सहित तीन उपसभापति, दुई महामन्त्री, (एक महिला)सहित पाँच सहमहामन्त्री एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहने छन्।
यस्तै १५८ सदस्यीय रहेको केन्द्रीय कार्य समिति हुनेछ। यसमा ९९ जना सदस्यहरू निर्वाचनबाट आउने र ५१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ। बाँकी सात जना सदस्यमा सातवटै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्।
पार्टीको सचिवालयमा सभापति, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहनेछन्। बाँकी सचिवालय सदस्यहरू सभापतिले नै मनोनीत गर्ने गरी विधानरत व्यवस्था गरिएको छ।
आजबाट हुने पार्टीको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ भने आगामी राजनीतिक दिशा र सांगठनिक सुदृढ गर्न महत्वपूर्ण निर्णय लिने रास्वपा कार्यकर्ताले अपेक्षा गरिएका छ।








प्रतिक्रिया दिनुहोस