आज: २०८३ अषाढ १४, आईतबार | Sun, 28, Jun, 2026

नारी विकास सहकारीद्वारा थप समुहको अवस्था विश्लेषण तालिम कार्यक्रम

२०८३ अषाढ १४, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका डट्कम
धादिङ -१४ असार ।

नारी विकास सहकारी संस्थाद्धारा थप समुहका लागी अवस्था श्लिेषण तथा परिमार्जन तालिम सम्पन्न गरेको छ ।

नारी जागरण केन्दको सहयोगमा संस्थाको कार्यलय रहेको भवनको तालिम हल धादिङवेशीमा आयोजित एक दिवसीय तालिममा संस्थाका अध्यक्ष एवं् सहजकर्ता भगवती उप्रेतीले सहजीकरण तथा नारी विकास सहकारी संस्थाको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

तालिममा नारी जागरण केन्द्रद्वारा नारी विकास सहकारी संस्थालाई व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएका निलकण्ठ नगरपालिकास्थित सिर्जनशील महिला समुह निलकण्ठ नगरपालिका वडा नं. १२,वागेश्वरी महिला समुह निलकण्ठ ३ रीजाल गाउँ,भैरवी महिला समुह ४ अधिकारी डाँडाका समुहको सहभागिता गराईएको थियो ।

तालिममा ग्रामिण क्षेत्रमा संन्चालित समुहका साथै समुहमा काम गर्ने संस्थाका सम्वन्धित समितिका सदस्यहरु,सम्वन्धित शाखाका कर्मचारीहरुको सहभागितामा समुहको जिम्मेवारी,व्यवशायीक कार्यक्रमको निरनतरता,समुहका सम्पर्क व्यक्ति चयन लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।

२०६७ सालतिर नारी जागरण केन्द्रले धादिङ जिल्लाका विभिन्न साविक गाविसहरुमा समुह गठन गरी महिला शसक्तिकरण तथा प्रजनन् स्वास्थ्य सुरक्षा कार्यक्रम,समुदायमा मेलमिलाम कार्यक्रम,अपाङगता पुर्नथापना कार्यक्रम,एलजीसीभी कार्यत्रम,सहकारी निर्माण र समुह व्यवस्थापन लगायतका परियोजनाहरु संन्चालन गरी सोही समुहलाई सहकारी संस्थाको रुपमा निर्माण गरिएको थियो ।

महिला समुहका केही सदस्यहरुको वास्तविक अवस्था र समस्याको पहिचान गरी पछिल्लो समुहको मुख्य समस्या के हो ? र समुहको आवश्यकता छ कि छैन भन्ने पहिचान तथा समुहको अवस्था विश्लेषबाट आएका प्रतिवेदन र समुहको आवश्यकता पहिचान गरी आगमी वर्षमा संस्थाले समुहमा गरिने कार्यक्रमको कार्ययोजना तयार गरी काम गर्न तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।यसका साथै कार्यक्रममा व्यवशायमा विशेषगरी तरकारी खेती,भैंसी पालन गरी दुध बिक्री बितरणबाट आर्थिक लाभ लिन, महिला समुहकै पहुँचमा सहुलियत कर्जा प्रभाह सम्वन्धि समुह समुहको छलफल भएको थियो ।

नारी जागरण केन्द्रको तालिम सहजीकरण सहयोगमा सन्चालन भएको कार्यक्रममा ऋण जोखिम विमा,महिला स्वास्थ्य सुरक्षा उपचार विमा प्राप्त गर्नमा समुह सक्रीया रही उचित समयमा केन्द्र तथा नारी विकासको सम्पर्कमा आउन सके क्षतिपुर्ति प्राप्त गर्न सकिनेलगायतका विषयमा तालिम संन्चालन गरिएको थियो

उक्त तालिममा सहजकर्ता एव् केन्द्रकी कार्यकारी निदेशक भगवती उप्रेतीले महिलाहरुले समुहमा आवद्ध भएपनि समुहमा बचत जम्मा गर्नु नपर्ने र सामाजिक तथा समुहका सदस्यहरुको स्वास्थ्य उपचारमा पहुँचका लागी क्षमता विकास गरी समुहकै निर्णयमा अप्ठ्यारो र कुनै दुर्घटनामा पर्दा केन्द्र मार्फत उपचार खर्च उपलव्ध गराउने भएकोले सो को प्रकृयाको बारेमा जानकारी लिन आवश्यक सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै समुहमा बसेर महिला कै पहुँचमा सरल कर्जा कोषबाट प्रति व्यक्ति रु १ लाखदेखी पाँच लाखसम्म उपलव्ध हुने भएकाले सो को लागी केन्द्र कै सहयोगमा आफ्नो चहाना र अवस्था अनुसारको महिलाकै चहाना अनुसार व्यवस्शाय संन्चालन गरी आर्थिक उपार्जनका कोषको व्यवस्थापनको काम गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस