
बिबियु,नारी वाटिका डट्कम
धादिङ- २६ असार ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) राति देशका विभिन्न ठाउँमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान, मधेश सहित कोशी, बागमती‚गण्डकी प्रदेश अन्तर्रगतका तराई भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागलगायत एकरदुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका अधिकांश ठाउँ, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन,चट्याङ सहित मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू(भागका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागका केही स्थान, कर्णाली प्रदेशका पहाडी भू(भागका अधिकांश ठाउँमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
यसैगरी भोली(शनिबार) दिउँसो पनि कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
यसैगरी राति पनि गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र कोशी, प्रदेशका पहाडी,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ।












प्रतिक्रिया दिनुहोस