
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२७ असार ।
धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ गोरक्ष हाइड्रोपावरमा काम गर्ने २ जना मजदुरहरु आँखुखोलाले बगाएर बेपत्ता भएका छन् । केही दिनदेखीको लगातार भएको वर्षाका कारण आएको बाढीले आँखुखोलामा पानी वहाव बढेको र मजदुरहरु सोही खोला तर्ने क्रममा बगाएको हो ।
बेपत्ता हुनेमा डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिका वडा नम्बर ३ घर भएका ४१ वर्षीय रमेशबहादुर पाण्डे र रौतहट जिल्ला समनपुर गाउँ पालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय नवीन हुसेन मनसुरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रवत्ता प्रकाश दहालले जानकारी दिनु भयो ।
लगातारको वर्षाले उत्तरी धादिङको आँखुखोला क्षेत्रको रुबीभ्याली खण्डमा वर्षाका कारण ठुलो बाढि आएकाकारण मानिसहरु पालिका कार्यालयसम्म आउन समेत पाएका छैनन्।
सोही खोला तर्ने क्रममा बाढीले बगायर उनीहरू दुबै बेपत्ता भएका हुन्। घटनापछि स्थानीयवासी,सुरक्षाधर्मीका टोलीहरु गाउँपालिका लगायतले बेपत्ताको खोजी कार्य तीव्र बनाएका छन्।












प्रतिक्रिया दिनुहोस