आज: २०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

अवरुद्ध पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ खुल्यो

२०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ( ७ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -३० असार ।

अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सुचारु भएको छ । केही दिनदेखीको लगातार वर्षाले यी सडक खण्डहरुमा बाढी पहिरोको जोखिम बढेपछि शोमबारदेखि नागढुंगाबाट बाहिरिने सवारी साधनहरुलाई रोक लगाइएको थियो ।

यसैगरी चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने तुइन खोला निजिकै पहिरो खसेपछी उक्त्त सडकखण्डमा पनि सवारी साधन चलाउन रोक लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना शोमबार एक सुचना जारी गर्दै सवारी आवागमन बन्द रहेको जानकारी गराएको थियो।

वर्षाका कारण हालको अवस्थामा सवारी साधन संन्चालनमा जोखिम हुन सक्ने मध्यनजर गर्दै बन्द गरिएको राजमार्गहरू भर्खरै मात्र सुचारु गरिएको धदिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिनु भयो ।

मनसुनको अवस्थामा राजमार्गका विभिन्न ठाउँहरूमा होल्डिङ सेन्टरको व्यवस्था गरिएको समेत प्र.जि.अ. पाण्डेय (गौतम)को भनाई छ ।

जोखिम देखिएका पृथ्वी राजमार्ग अन्तर्रगतका सिक्रे खोला, खानीखोला बजार, महादेवबेसी बजार, सिम्ले, गल्छी बैरेनी, आदमघाट, गजुरी, मलेखु बजार, विशालटार, मझिमटार लगायतका ठाउँहरूमा होल्डिङ सेन्टरको व्यवस्था गरिएको बताइएको छ ।

हालको अवस्थामा केही जोखिमको अवस्था रहेकोले आवश्यक परेमा मात्रै यात्रा गर्नुहुन्न यात्रुहरुलाई अनुरोध गरिएको छ।

रातिको समयमा पहिरोको जोखिम अत्यधिक भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी सञ्चालन रोकिएको प्रशासनको भनाई छ ।

यात्रा गर्नै परे ट्राफिक प्रहरीको १००, सशस्त्र प्रहरी बल १११४, आपत्कालीन सेवा केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह समेत गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस