आज: २०८३ अषाढ ३१, बुधबार | Wed, 15, Jul, 2026

आजदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

२०८३ अषाढ ३१, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -३१ असार ।
आजदेखि बजारमा भरी सिलिण्डर ग्यास पाइने भएको छ ।

नेपाल आयल निगमले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि बजारमा भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले यसको व्यवस्था मिलाएको हो ।

बालेन सरकारको निर्देशन तथा इरान र अमेरिकाको युद्धको काररण निगमले विगत पाँच महिनादेखी ७.१ केजी (आधा सिलिन्डर) ग्यास मात्रै बिक्री वितरण गर्दै आएको थियो । तर केही समयदेखि ग्यास आपूर्तिमा देखिएका व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएपछी निगमले बजारमा भरी सिलिन्डर) ग्यास) पठाउन लागिएको जनाएको छ ।

त्यसो त भारतीय आयल कर्पोरेसन (आईओसी)का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएकोले नेपालमा पनि विगत लामो समयदेखी बजारमा चरम अभाव देखिएको ग्यासको आपुर्ती सहज हुन लागेको हो।

यो निर्णय बुधबारदेखि देशभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ । यससंगै निगमले भरी सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत तोकेर बजारमा पठाउने भएको छ । नयाँ मुल्य अनुसार अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन् ।

निगमको यो कदमले आगमी आर्थिक वर्ष २०८३ साउन १ गतेदेखी नेपालहरुको विशेष विभिन्न चाडपर्व सुरु हुने भएकाले पनि बजारमा ग्यासको माग बढ्ने र उपभोक्तालाई आवश्यक पर्ने ग्यासको आपुर्ती हुने अपेक्षा गरिएको छ । निगमले बजारमा ग्यासको अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई पनि तीव्र बनाउने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस