आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

मुग्लिङ–नारायणगढ सडकको जुगेडी नजिकै ट्रक दुर्घटना

२०८३ श्रावण १८, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ १८ साउन ।

चितवन जिल्ला मुग्लिङ–नारायणगढ सडकखण्डको जुगेडी नजिकै सडकबाट ट्रक खसेर दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार आज ट्रक सडकबाट अन्दाजी .१० मि. तल खसेको हो।

दुर्घटना लगतै स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलिले उद्धार कार्यमा जुटेका छन्।

लु.२ ख ७१६ नम्वरको ट्रक खसेर दुर्घटना भएको हो । घटनामा चालक घाइते भएको र निजको उपचार भइरहेको छ ।

उक्त ट्रकमा लोड गरी ल्याएको सामानको बारेमा सम्वन्धित सामान धनीसंग सम्पर्क भइसकेको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी प्रमुख दिल खड्काले जानकारी दिनु भयो । थप विवरण आउन बाँकी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस