आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

आज देशका केही स्थानमा भारी वर्षाको चेतावनी,सतर्क रहन सुझाव

२०८३ श्रावण ३०, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ ३० साउन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा गएराति धेरै वर्षा भएको र पछिल्लो तीन घण्टामा जाजरकोटमा सबैभन्दा धेरै ४० मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, कास्कीको लुम्लेमा पनि करिब २८ मिलिमिटर वर्षा भएको जनाएको छ।

आज देशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भमवना रहेकोले सतर्क रहन आग्रह गरेको छ।

साथै भारी वर्षाका कारण सडक तथा यातायात प्रभावित हुन सक्ने साथै पहिरो, बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

नदी तथा खोला किनारको आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस