
बिबियु, नारी वाटिका डटकम
धादिङ -३१ साउन ।
मनसुनी सकृय रहेको कारण आज(आइतवार)देखि वर्षा गराउने वायु प्रणाली बढेर झन् धेरै भारी वर्षा हुने भएको छ ।
गए राति देशका थोरै स्थानमा भारी वर्षा भएको थियो । तर आज र भोली दुइ दिनसम्म पश्चिमका धेरै क्षेत्रमा मध्यम वर्षा हुने तथा केही स्थानमा भने मुसलधारे वर्षा हुने जल तथा मौसमविज्ञान विभागले जनाएको छ।
आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
साथै भारी वर्षाले विशेष गरी आज राति बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू -भागका एकदुई स्थानमा अति भारी वर्षाले प्रभाव पार्ने सम्भावना छ।
यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना छ ।












प्रतिक्रिया दिनुहोस