आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

जाजरकोटमा पहिरो खसेर चार जनाको मृत्यु तथा बस्ती नै जोखिममा

२०८३ भाद्र १, सोमबार मा प्रकाशित ( ४४ मिनेट अघि) ३११ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम
जाजरकोट- १ भदौ ।
शनिबार साँझ जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, निजका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेको प्रहरीले जनाएको छ।

यस्तै भेरी नगरपालिका–२ का अ. ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक(डीएसपी) बुद्धीसागर पुरीले जानकारी दिए।

पहिरोमा अझै ६ जना घाइते छन् भने पहिरो खसेको उक्त क्षेत्रका २०० भन्दा बढी गाउँ बस्ती नै जोखिम भएकोले नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। दुइ दिनअघि लगातार वर्षा भएसंगै उक्त गाउँको आसपासका विभिन्न स्थानमा पहिरो गएपछी पहिरोले केही परिवार विस्थापित भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस