
बिबियु,नारी वाटिका डटकम
धादिङ -२ भदौ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको जनाएको छ ।
अहिले बिहानीसम्म देशभर साधारणतया बादल लागेको र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गणडकी प्रदेशका एक -दुई स्थानमा हल्का देखि मध्यम वर्षा पनि भइरहेको छ ।
त्यस्तै आज दिउँसो देशभर साधारणतया बादल लाग्ने, हिमाली भूभागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थान तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुन सक्ने छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि हुन सक्ने तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।












प्रतिक्रिया दिनुहोस