
बिबियु,नारी वाटिका डटकम
धादिङ -३ भदौ ।
नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मिति २०८३ असोज १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय समितिको गत चैतको निर्णयअनुसार आगमी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्न विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका यसअघि नै प्रकाशित गरिएको थियो। सोही कार्यतालिका अनुसार केन्द्रीय निर्वाचन समितिले प्रत्यक जिल्ला तहमा निर्वाचन प्रतिनिधि तोक्नुका साथै अभिमुखीकरण कार्यक्रम गरी अधिवेशन प्रक्रिया अगाडि बढाउन लागेको हो ।
यसै साउन २४ देखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधानका व्यवस्थालाई ध्यानमा राख्दै महाधिवेशनको पूर्वनिर्धारित मितिमा कुनै परिवर्तन नगर्ने जनाएको छ ।
यस्तै असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने विषय सम्मानित सर्वोच्च अदालतको २०८३ वैशाख ४ को फैसलामा उल्लेख गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनको तयारीका लागी नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान,दक्षिण कोरियालगायत १५ देशका अधिवेशनसमेत सम्पन्न भएको जनाएको छ ।
े १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढेको र हाल वर्षायामका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी अधिवेशनको नयाँ समयतालिका तय गरिएको जनाएको छ ।
विभिन्न तहबाट आएका सुझाव अनुसार पूर्वनिर्धारित मिति २०८३ असोज १६ देखि १९ गतेमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहका अधिवेशनको समयतालिका तय गरिएको बताएको छ ।
केन्द्रीय निर्वाचन समितिलाई अधिवेशन प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेसको विधानको धारा ३५ को उपधारा २ को खण्ड ‘च’ बमोजिम केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तह र निकायका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
परिमार्जित निर्वाचन कार्यतालिका
१. निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम
भदौ २ गतेदेखि १० गतेसम्म काठमाडौँ उपत्यका र उपत्यकाबाहिर निर्वाचन प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले अभिमुखीकरण तालिम प्रदान गर्ने।
२. भदौ ११ गते निर्वाचन अधिकृतलाई सम्बन्धित जिल्लामा खटाइने।
३. वडामा निर्वाचन प्रतिनिधि खटाई अभिमुखीकरण कार्यक्रम भदौ १६ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने।
४. बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन सम्पन्न गरिसक्नु पर्ने।
६. गाउँ तथा नगर वडा अधिवेशन ।
७. भदौ २७मा गाउँ तथा नगरपालिका अधिवेशन
८. भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन ।
९. असोज ३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशनसमेत सोही दिन हुनेछ। यस क्रममा महाधिवेशन प्रतिनिधि समेत चयन गर्ने।
१०. असोज ७ गते जिल्ला अधिवेशन सम्पन्न ।
११. असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गरी कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते सम्पन्न गर्ने ।












प्रतिक्रिया दिनुहोस