आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

२०८३ भाद्र ५, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम

धादिङ – ५ भदौ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालय पार्टी भवन सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थिति हुन जानकारी गरिएको सचिव दिनेश थापामगरले जानकारी दिए ।

बैठकमा कांग्रेसको आगामी असोज १६ गतेदेखि १९ सम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनको विषयमा भदौ ६ गते (भोली)जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुअल’ बैठक हुदैछ । सोही सम्वन्धि छलफलका लागी आजको बैठक बोलाइएको हो ।

यस्तै १५ औं महाधिवेशनको लागी केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिका बमोजिम देशका सबै जिल्ला निर्वाचन समितिद्वारा कार्य अघि बढाउन जिम्मेवारी पाएका निर्वाचन अधिकृतहरुबिच भोली भदौ ६ गते भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस