आज: २०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

२०८३ भाद्र ९, मंगलबार मा प्रकाशित ( १६ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ भदौ ।
देशभर सकृया रहेको मनसुनी वायुको प्रभाव कायर्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ।

आज देशभर सामान्यतया बदली हुने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेस र कोशी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा भने हावाहुरीसहितको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै आज राति देशभर सामान्यतया बदली रही कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस