आज: २०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

देउवा कांग्रेस इतर पक्षको निवेदन आज सर्वोच्चमा दर्ता

२०८३ भाद्र ९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम

धादिङ – ९ भदौ ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका इतरपक्ष काँग्रेस समुहद्वारा आज सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

शोमबार (हिजो ) देउवा समुहका वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले आगमी महाधिवेशनको प्रक्रिया रोक्न मागसहित पूरक निवेदन पेस गरेका थिए । उक्त निवेदनमाथि सर्वोच्च अदालतद्वारा भदौ ११ गते पेसी तोकिएको छ ।

विशेष महाधिवेशनपछी कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको चर्र्को विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएको थियो ।

तर यसपछी पनि गगन काँग्रेसले एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्ने आरोप लगाउँदै इतर पक्ष काँग्रेसले सो प्रक्रिया रोक्न सर्वोच्चमा शोमबार निवेदन दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस