आज: २०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

नारी विकास सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न

२०८३ भाद्र १४, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ -१४ भदौ ।

नारी बिकास बचत तथा ऋण सहकारी संस्था लि धादिङको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

“आजको सानो बचत नै भविष्यको ठुलो आधार ” भन्ने मुल नाराका साथ २०६३ असार ११ मा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०८२।०८३ को लेखा परिक्षण गरी आफ्नो २० औं साधारणसभा सम्पन्न गरिएको हो ।

सहकारीले आव २०८२ साउन १ देखी २०८३ असार मसान्तसम्ममा संस्थाले कोष खर्च नकटाइ कुल रु,१४,३६४६६.४१ यस वर्षमा रु,नाफा गर्न सफल रहेको छ । सदस्य तर्फ समुह समेत २८६९ जना रहेको छ ।

तेसैगरी शेयर पुँजी तर्फ गत वर्ष ९०,१७,९०० रहेकोमा यस वर्ष ३४,६००।० थप भई ,१,०६,९०००। भएको छ । भने यस अवधिमा करिव १० लाखभन्दा माथीको सेयर रकम ऋणको भाका नाघेका सदस्यहरुले सेयर बचत कट्टा गरी ऋण भुत्तानी गरेका छन् ।
बचत तर्फ
ड्ड मासिक बचत तर्फ रु–३८४७५०८६.४
ड्ड मुद्धती(पर्व) बचत तर्फ रु–१३१६४२९७.९
ड्ड बाल बचत तर्फ रु–९११०१०५६२
ड्ड दैनिक बचत तर्फ रु–३७२७९८३.४७
ड्ड धार्मिक बचत तर्फ,५९८४६ं.५१
ड्ड संस्थागत बचत तर्फ रु–३३११६ं.८३
ड्ड कर्मचारी हितकोष(बचत) ४२८४३४.६९
गत वर्ष ६५०,३८,७१४.४०।, जम्मा बचत भएकोमा यसवर्ष करिव ९७ लाख थप भई जम्मा रु, ७४६८१७४६ भएको हो ।

ऋण लगानी तर्फ

१.संस्थाले धितोम ाऋण लगानी तर्फ– .९४,४६,६१५।.रुपयाँ ।
२.विना धितोमा ३४९८४०५८.४४। रुपयाँ छ ।
३..नारी जागरण केन्द्रबाट प्राप्त, समुह व्यवशायी संन्चालन सहुलियतकर्जा लगानी तर्फ २६३,५०० रुपयाँ छ ।
४.नेपाल सरकार साना व्यवशायी तथा युवास्वरोगार कर्जा लगानी तर्फ जनामा रु, ५० लाख लगानी गरिएकोमा सबै अशुली भई हाल एकजना कल्पना पुरी संग भने तोकिएको समयमा अशुल हुन नसकेको सहकारीले जानकारी दिएको छ ।

भदौ १४ गते आइतबारका दिन बिपी स्मृति भवन धादिङवेशीमा सम्पन्न कार्यक्रममा सदस्य र समुहहरुको उल्लेखनीय सहभागीता रहेको थियो । संस्थाका सम्पुर्ण शेयर सदस्य,महिला समुह, बाल समुह,जेष्ठ नागरिक तथा अभिभावक संस्था नारी जागरण केन्द्रका सम्पुर्ण समिती,उप समितिहरु,कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष भगवती भण्डारी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष होमप्रसाद रिजाल संस्थाकी सम्रक्षक तथा वृद्ध सदस्य चित्रकुमारी भण्डारीको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाकी सचिव मेनुका सापकोटाले संन्चालन गर्नु भएको थियो भने अतिथि स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष पार्वती भण्डारी सापकोटाले गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस