
पाल्पा -१८ भदौ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाएर दुई युवाको ज्यान गएको छ।
घटनामा परी ज्यान गुमाउनेमा रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २३ वर्षीय प्रवीन पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको हो।
रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ जाँदै गरेको लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरू दुबैजर्ना सोमबार साँझदेखि सम्पर्कविहीन भएका थिए ।
खोजीका लागि आफन्तले बुधबार अस्थायी प्रहरी पोष्ट बेलबासमा दिएको जानकारी अनुसार खोजी गर्ने क्रममा बुधबार साँझ उनीहरु मृत भेटिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस