
नुवाकोट- २० भदौ ।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको १ चारतले घरको चौथो तलाबाट बिनाशकारी बाढीको आज ११ औं दिनमा चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको छ।
सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको उद्धार टोलीले ६५ वषीया महिलालाई आज घटनाको ११ दिनमा सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धारपछि महिलाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको जनाइएको छ।
भदौ १० मा रसुवाको भोटेकोशी हुदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीमा परी हालसम्म १ हजार ३४४ जनाको मृत्यु भैइसकेको छ । त्यस्तै ४ हजार ८ आठ सय जना बेपत्ता छन् ।
घटनापछी सीमित स्रोत साधनका बाबाजुद पनि नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीका उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा प्रभावित क्षेत्रमा खटिई रहेको छ ।












प्रतिक्रिया दिनुहोस