आज: २०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

राष्ट्रपति पौडेलद्वारा पशुपति मन्दिरमा पूजा आराधना

२०८३ भाद्र २३, मंगलबार मा प्रकाशित ( २ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


तस्बिर सौजन्य: राष्ट्रपतिको सचिवालय

बिबियु,नारी वाटिका डटकम
धादिङ- २३ भदौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पशुपति मन्दिरमा पूजा अर्चना गर्नु भएको छ । हाल जुन खालको अकल्पनीय प्राकृतिक विपत्तिले हजारौं मानिसले ज्यान गुमाईरहेको छ । यस घटनाले बिनाशकारी बाढी प्रभावित क्षेत्रमा ठुलो त्रास सिर्जना गरेको छ ।

यिनै समसामयीक विपत्तिहरु नहोस,साथै देश र जनताको कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलबाट पशुपति नाथको मन्दिरमा पुजा अर्चना गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रथम महिला सविता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै आज (मंगलबार) बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथमा पूजा-आराधना गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस