
बिबियु, नारी वाटीका डट्कम
धादिङ -२७ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशका पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो र राति पनि भारी वर्षा हन सक्ने विभागले जनाएको छ।
शनिबार दिउँसो कोसी,वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्र,लुम्बिनी प्रदेशको तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति पनि कोसी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको हो।
आज दिउँसो देशभर नै साधारणतया बादल लाग्ने, हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने त्यस्तै कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने छ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुइ स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले जनाएको छ।












प्रतिक्रिया दिनुहोस