
नारी वाटीका डट्कम
काठमाडौं -२९ भदौ ।
नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । नेता गुरुङमाथी ठगीसम्बन्धी कसुरमा उजुरीपछि बिहीवार उनी पक्राउ परी प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका थिए।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार ठगी गरेको भनिएको रकम उनले पक्राउ परेपछी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएको बताउनु भयो ।
उनीविरुद्ध ठगी आरोप लागेको कुल ७१ लाख ५० हजार सम्वन्धित पिडितलाई बुझाएर शुक्रबार बेलुका हिरासत मुक्त भएसंगै नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक पदबाट राजीनामा दिएका हुन् ।
अनुशासन समितिको नेतृत्व गरिरहेका व्यक्ति नै ठगी आरोपमा पक्राउ परेपछि गुरुङको आलोचना हुँदै आएको थियो। त्यसपछि उनले समितिको संयोजक पदबाट राजीनामा दिएका हुन्।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले पदबाट राजीनामा दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।












प्रतिक्रिया दिनुहोस