आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

२०८३ भाद्र २९, सोमबार मा प्रकाशित ( २ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
नुवाकोट -२९ भदौ ।

सिंहदरबारस्थित बैठकमा गएका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ आज पक्राउ परेका छन्।

शोमबार बालेन शाह नेतृत्वको सरकारले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष तामाङलाई उक्त बैठकपछी पक्राउ गरिएको हो।

तामाङविरुद्ध बैंकिङ कसुर सम्वन्धि मुद्दा दायर तथा उजुरी परेमछी काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरी वृत्त दरबारमार्गले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनु भयो।

अध्यक्ष तामाङा नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ सञ्चालन गर्दै आएका थिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस