आज: २०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

चिलिमे हाइड्रोको टनेलबाट मृत शव मात्रै भेटिने क्रम जारी

२०८३ आश्विन १, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ १ असोज ।
भोटेकोशीको बिनाशकारी बाढीले बेपत्ता भएकाहरु हाल आएर जिवितै भेटिने आशा मर्दै गएको छ । भदौ १० गते रसुवा हुंदै त्रिशुलीमा आएको कालरुपी बाढीपछी नेपाली सेना,सशस्त्र पहरी वल,नेपाल प्रहरी,विदेशी तथा स्वदेशी तालिम प्राप्त खोज तथा उद्धारको कार्यमा अनवरत खटिइ रहेका छन् ।

प्राविधिक टोलीले बाढी प्रभावित रसुवा, नुवाकोट लगायतका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म हवाई माध्यमबाट ४ हजार १७७ जनाको जिवितै उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेको जानकारी दिएको छ ।

पछिल्लो समयमा रसुवास्थित चिलिमे हाइड्रो आयोजनाको टनेलमा संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा बुधबार चारवटा शव र एक मानव अङ्ग फेला पारेको छ। तालिम प्राप्त गोताखोरसहितको टोलीले टनेलमा ब्रेकथ्रु गरी टनेलभित्रको अन्तिम एरियासम्म खोजी गर्दा ४ शव र १ मानव अङ्ग फेला पारेको हो।

भेटिएका शव तथा मानव अङ्गलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको जनाएको छ। यसअघि पनि भदौ १५ मा सोही टनेलबाट एक शव र एक मानव अङ्ग भेटेको थियो।

यसैगरी,लाङ्गटाङ जलविद्युत आयोजनाको टनेलमा विदेशी प्राविधिकसहितको उद्धार टोलीले खोजी कार्यलाई जारी राखेको छ। माथिल्लो त्रिशूली–१ को टनेलमा आयोजनामा कार्यरत प्रतिनिधिसहितको टोलीले खोजी गरिरहेको छ भने त्रिशूली–३ ‘ए’ को टनेल र पावर हाउस क्षेत्रमा पनि संयुक्त टोलीले खोजी गरिएको छ।

त्यसैगरी खोज तथा उद्धार टोलीले त्रिशूली–३ ‘बी’ आयोजनामा एक्साभेटर र लोडर प्रयोग गरी खोजी गरिरहेको छ भने आयोजनाको आवास क्षेत्रका दुईवटा आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचनामा केही नभेटिएको सेनाले जनाएको छ।

बाढीमा परी जिवितै भेटिएका घाइतेहरुको उपचार, मृत भेटिएका शवको व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी,अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा काम गरिरहेका छन्।

यसैगरी, सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकलबाट ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।

यसका साथै त्रिशुलीको बाढीले नदी कटान गर्दा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ स्थित शीतलबजार सडक खुलाउन नेपाली सेनाले भित्ता तर्फको जटिल रहेको चट्टान फुटाउने काम भइरहेको छ। सडक सञ्चालनका लागि ब्लास्टिङमार्फत चट्टान हटाउने कार्य जारी सेनाले जारी राखेको छ।

उता चिलिमे क्षेत्रमा बाढीले पुर्ण रुपमा क्षति पुर्याएको विद्युत् प्रवाह सुचारु गर्न तार बिछ्याउने काम अघि बढाइएको सेनाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस