
सुनसरी-५ असोज ।
सुनसरीको बर्जु गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जानकारी दिनु भयो ।
सुक्रबार दिउँसो बर्जु ताल नजिकै घाँस काट्न गएकी यादवको अचानक हावाहुरी चलेर नजिकै रहेको सिमलको रूख ढलेर च्याप्दा घाइते भएकी भएकी उनको ।
उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस