आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्म

२०८३ आश्विन ६, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटीका डट्कम
धादिङ -६ असोज ।

निर्वाचन आयोगले मतदाता नामावली संच्याउन प्रक्रिया अघि बढाएको छ । आयोगले आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो।

आयोगले नामावलीमा समावेश भएको आफ्नो विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्नका लागि असोज १२ गतेसम्म समयसीमा समेते तोकेको छ।

गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका नामावलीमा मतदाताको विवरण समावेश गरिएको जनाएको छ। सोही विवरण अनुसार नाम, थर वा जन्ममितिमा कुनै त्रुटी भए मतदाताले आयोगको वेबसाइट राखिएको विवरण हेरी अनलाइन बाटै सच्याउन निवेदन दिन सक्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो।

‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था भएकोले यही असोज १ गतेदेखि १२ गतेभित्र आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए सच्याउनका लागी निवेदन दिन आयोगले सबैमा अनुरोध गरिएको छ।’

त्यसैगरी आयोगले दुई विधिबाट मतदाता नामावली अद्यावधिक गरिरहेको जनाएको छ। जसमा राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाइसकेका मतदाताहरूले अनलाइन मार्फत आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेश गर्न सकिने छ भने अर्को परिचय पत्र नभएकाहरूले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ।

साथै आयोगद्वारा तोकिएको समयावधि भित्र व्यक्तिगत विवरण सच्याउन तथा नामावली शुद्धीकरणका लागि उपयोग गरिने पनि सुचना अधिकारी घिमिरेले जानकारी दिनु भयो ।

त्यसपछी, तोकिएको म्यादभित्र प्राप्त हुने निवेदन तथा दाबी–विरोध उपर आयोगले आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिइने बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस