आज: २०८३ आश्विन ७, बुधबार | Wed, 23, Sep, 2026

सिद्धलेक गाउँपालिकाको अमलटारमा मिनि ट्रक दुर्घटना

२०८३ आश्विन ७, बुधबार मा प्रकाशित ( ३२ मिनेट अघि) ३११ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटीका डट्कम
धादिङ -७ असोज ।

धादिङको गाउँपालिका अमलटारमा मिनि ट्रक दुर्घटना भएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट पृथ्वी राजमार्ग जोड्ने परेवाटार-सडक खण्डको अमलटार बालुवाखानी मोडमा मालवाहक  मिनि ट्रक दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

आज विहान गल्छीबाट तोरी लोड लिएर धादिङबेसीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६–ख २८७८ नम्बरको मिनि ट्रक सिद्धलेक गाउँपालिका ७ अमलटारस्थित भित्री सडकमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परी सवारी चालक सामान्य घाइते भएका छन्।

भदौ १० गतेको त्रिशुली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङवेशी दरमुकाम जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको यस सडकमार्फत साना तथा ठुला सवारीहरु संन्चालन हुँदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस