
बिबियु,नारी वाटीका डट्कम
धादिङ-१७ असोज ।
१५ औं महाधिवेशन अन्तर्रगत नेपाली कांग्रेस धादिङ २ मा अधिवेशनबाट निर्वाचित भई आएका कांग्रेसका पदाधिकारीलाई सफथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।
– धादिङवेशीको विपिटोलअवस्थित विपी स्मृति भवन पार्टी कार्यालयमा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ अन्तर्गत विभिन्न तहमा निर्वाचित सम्पूर्ण पदाधिकारी,प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।
वडा, गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन सम्पन्न गरी असोज १३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया पनि सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन्।
सोही क्रममा धादिङ क्षेत्र नं.२ प्रदेशसभा (क) र (ख)तथा प्रतिनिधिसभा अन्तर्गत निर्वाचित भएका सम्पूर्ण प्रतिनिधि, क्षेत्रीय तहका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई कार्यक्रममा सफथग्रहण गराई प्रमाणपत्र प्रदान गरिएको हो। 
कार्यक्रममा निर्वाचन अधिकृत विस्वास आचार्यको संयोजत्वमा वडा तहदेखि क्षेत्रीय तहसम्म सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरूलाई एकै ठाउँमा भेला गराई प्रमाणपत्र वितरण सफथग्रहण गरिएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत देशभरको अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको पछिल्लो आधिकारिक सूचना अनुसार वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न हुँदै गएसँगै विभिन्न क्षेत्रमा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि सम्पन्न भईसकेका छन्।
यसैगरी, कांग्रेसको वडादेखी महाधिवेशन प्रतिनिधि चयनको कार्य सम्पन्न भएसंगै असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 
यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका रहे पनि असोज ८ देखी १२ सम्म देशभरमा भएको भारी वर्षाका कारण वडा तथा क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति असोज १८ गतेका लागि तय गरिएको हो।












प्रतिक्रिया दिनुहोस