आज: २०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

काँग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २२, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम

धादिङ- २२असोज ।

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति तथा नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान हुने भएको छ।

यही असोज १८ देखी २२ सम्म काठमाडौंको टुँडिखेलमा आयोजना भैइरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको २ दिनसम्म बन्द सत्र भई पार्टीभित्र गहन रुपमा छलफल भई बिहिबार विहान १० बजे मतदान हुन लागेको हो ।

महाधिवेशनमा देशका सातै प्रदेशबाट सात हजार २५५ सहभागी प्रतिनिधिहरुले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

यसअघिको निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम भए पनि वर्षा र केही प्राविधिक तयारी गर्नुपर्ने भएकोले तोकिएको समयभन्दा तीन घण्टा ढिला गरी शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

मतदान कार्यलाई छरितो र व्यवस्थित बनाउन तीन स्थानमा सात वटा मतदान केन्द्र निर्धारण गरिएको छ। प्रतिनिधिहरूलाई मतदान गर्न सहज बनाउन प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो।

जसमध्य राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।

यसैगरी,खुलामञ्चको मतदान केन्द्रमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् भने भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आएकाहरुका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था रहेको बताइएको छ।

साथै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑