
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२९ असोज ।
शारदीय नवरात्रको आज पाँचौँ दिन हो । आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको धार्मिक विधिपूर्वक पूजा आराधना गरिँदैछ।
शक्ति स्वरुपान देवी स्कन्दमाता पहाडको टाकुमा बसेर संसारका सम्पूर्ण जीव,प्राणीहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्दै पुजा आरधना गरिने परम्परा छ ।
जलै जलले भरिएको कमलको फूलमाथि विराजमान रहनु भएकाले पद्मासना देवीका नामले पनि पुज्ने गरिन्छ ।
स्कन्दमाता भवानी, सेतो वर्ण भएकी उहाँको वाहन सिंह हो । उहाँका चार हातमध्ये दाहिने तर्फको माथिल्लो हातले काखमा रहेका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) लाई सम्हालेको देखिन्छ भने तल्लो हातमा कमलको फूल सुशोभित छ ।
यसैगरी,देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल रहेको छ। स्कन्दमाताको उपासना गर्दा स्वतः स्वामी कार्तिकेयको समेत उपासना हुने विशेषता छ ।
सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको भक्तिपूर्वक पूजाआरधना गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्न सकिने देवी भागवत पुराणहरुमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया दिनुहोस