आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विशेष पूजा–आराधना गरिँदै

२०८३ कार्तिक ४, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -३ कार्तिक ।

आज बडादशैंको नवरात्र अन्तर्गत नवौं दिन अर्थात् महानवमी हो। यस विशेष दिनमा दुर्गा भवानीको नवौं रूप सिद्धिदात्री देवीको पूजा–आराधना गरी मनाईँदै छ ।

सिद्धिदात्रीको पूजा आरधना गर्नु विशेष महत्व रहेको छ । सबै प्रकारका सिद्धि प्रदान गर्ने देवी सिद्धिदात्रीको विशेष पूजा, अर्चना र आराधना गरिन्छ। यसकाबिच आज महानवमीका दिन हात हतियार र मेसिनरीको पूजासमेत गर्ने परपरा छ ।

आजको दिन कलकारखाना, गाडी, मोटर तथा सवारी साधनहरुको पुजा गर्नु साथै हातहतियार तथा औजारहरूको पूजा गर्ने परम्परा छ। वर्षभरिमा आज महानवमीको दिन मात्र काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक देवीका शक्तिपीठ तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खोलिन्छ।

घटस्थापनाको दिन नौ वटी देवीको आरधना गरी पुजा गरी विधिपुर्वक नेपालीका पुजा कोठा तथा दशैं घरमा जमरा राखियो । त्यसै दिन जमरा राखिएको स्थानमा आज महानवमीको पुजा अर्चना गरिँदैछ ।

धेरैजसो घर र शक्तिपीठहरूमा आज विशेष बलि (कूष्माण्ड वा पशु बलि) दिएर पूजा सम्पन्न गर्ने गरिन्छ।

नौ दिनसम्म देवी,चण्डी पाठ गर्दै विधिपुर्वक राखिएको जौ को जमरामा समेत पुजा गरीने र भोली विजयादशमीका दिन पहिले देवीलाई टिका जमरा चढाएर मान्यजनको हातबाट आशीर्वाद दिई पहिले आफ्ना छोरा,छोरी,बुहारी,भाईहरु,नाति नातिना लगायत परिवारका सदस्यलाई टिका लगाईसकेपछी मात्रै अन्य नातागोहरुलाई टिका  लगाउने प्रचलन छ ।

रोलक्रमको हिसाबले चोखो गरी दहीमा मुछिएको विशेषगरी शालीधानको चामलबाट अक्षता अर्थात रातो टिका लगाउन सुरु गरिन्छ  ।

नेपालीले हर्शोल्लाका साथ मनाईने विजयदशमीको शुभ अवशरमा हाम्रो टिमको पनि तपाईंलाई महानवमी र बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दर्छौ ।
देवी दुर्गा भवानीको शक्तिले सबैको कल्याण होस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑