आज: २०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

सरकारी वेबसाइटहरुमा साइबर जोखिम बढेपछी अस्थायी रुपमा बन्द

२०८३ कार्तिक ६, बिहिबार मा प्रकाशित ( ६ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -५ कात्तिक ।

पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएकाले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी)ले केही समयका लागी सरकारी वेबसाइट तथा प्रणालीहरू बन्द गरेको छ।

देशको मुख्य राष्ट्रीय सुरक्षा केन्द्र अर्थात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै रहेको ‘‘PHP टू शेल’ नामक सुरक्षा जोखिमका कारण सर्भरमा अनधिकृत कोड चलाउन सक्ने खतरा देखिएकोले अस्थाई रुपमा बन्द गरिएको केन्द्रले जनाएको हो।

सीभीएसएस ९.२ रेटिङ प्राप्त दुई सुरक्षा त्रुटिले देखिएको सम्भावित उच्च जोखिमले साइबर आक्रमणबाट बच्न सावधानी अपनाउँदै यो कदम चालिएको केन्द्रले जनाएको छ।

आवश्यक प्रक्रिया पूरा भएपछि बन्द गरिएका प्रणालीहरू चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याइने सूचनामा उल्लेख गरिएको छ।

तर हाललाई केन्द्रले जोखिम नियन्त्रणका लागि सुरक्षा प्याच अपडेट, परीक्षण तथा प्रमाणको काम भैइरहेकोले तत्कालका लागी बन्द गरिएको सुचना मार्फत जनाएको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑