
बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ कात्तिक ।
कुखुराको मासुको मूल्य दशैं सकिनासाथै घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासुको मूल्य घटाएको जानकारी दिएको हो।
व्यवसायी संघले नयाँ मूल्य अनुसार शोमबारबाट जिउँदो कुखुरा प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, तयारी कुखुराको मासुको मूल्य प्रतिकिलो ४०० रुपैयाँबाट घटाएर ३८५ रुपैयाँ कायम गरिएको जनाएको छ।
दशैं सकिएसंगै बजारमा कुखुराको मासुको माग घटेकाले बिक्री मूल्यमा पनि केही समायाजन गरिएको संघको भनाई छ। दसैंका बेला उपभोक्ताले कुखुराको मासु भन्दा खसीबोकाको मासुलाई बढी प्राथमिकता दिने गरेका छन्।
चाडपर्व सकिएपछि बजारमा मासुको खपथ पनि कम हुने गर्दछ ।












प्रतिक्रिया दिनुहोस