आज: २०८३ कार्तिक १३, बिहिबार | Thu, 29, Oct, 2026

सातै प्रदेशका डीआईजीलाई प्रहरी प्रधान कार्यालयमा झिकाईयो

२०८३ कार्तिक १३, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम
धादिङ -१२ कात्तिक ।

प्रहरी प्रधान कार्यालयले देशभरबाट सातै प्रदेशका प्रहरी महानिरीक्षक (डीआईजी)हरुलाई काठमाडौं झिकाएको छ । बिहिबार (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयको बैठकमा बोलाउनु भएको हो ।

पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने भए पनि यस पटक सातै प्रदेशका डीआईजीलाई समेत उक्त बैठकमा सहभागी गराइन लागिएका हो ।

देशभरका सातै प्रदेशमा रहेका नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुको सहभागितामा प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक अहिले दिउँसो २ बजे बस्ने बताइएको छ।

सरकारले पछिल्ला दिनहरुमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल समेतका उच्च पदस्थ अधिकारीहरुलाई एकपछी अर्को आरोपमा जागिरबाट वरखास्थ गर्ने क्रम जारी छ ।

यस्तै हालै मात्र विवादमा परेका आईजीपी दानबहादुर कार्कीमाथी पनि विभिन्न आरोप लागेको छ । यी आदी कारणले पनि नेपाल प्रहरीको उच्च पदस्थ डीआईजीहरूको बिहिबार हुने बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑