
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१७ कात्तिक ।
हाल देशभरमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले चिसो पनि बढ्दै गएको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा मौसम आंशिक बदली हुने जनाएको छ।
महाशाखाका अनुसार मंगलबार हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने र तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने छ।
त्यस्तै भोली (बुधबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस