आज: २०८३ कार्तिक २०, बिहिबार | Thu, 05, Nov, 2026

पार्टीविरुद्धको दुष्प्रचार र राज्य संयन्त्रको दुरुपयोग विरुद्धमा कानुनी प्रकृयामा जाने कांग्रेसको घोषणा

२०८३ कार्तिक २०, बिहिबार मा प्रकाशित ( २३ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -१९ कात्तिक ।

नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरुपयोग गरिएको भन्दै यसविरुद्धमा काँग्रेसले कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ।

बुधबार पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी ६ बुँदे धारणा पत्रमा सरकारलाई भय र भ्रमको सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गर्नसमेत चेतावनी दिइएको हो।

कांग्रेसको २०८२ पौषमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको अवस्थामा काँग्रेस पार्टीविरुद्धमा अनेकौं धावा बोली काँग्रेस पार्टीप्रति नराम्रो भ्रम फैलाउन खोखिएको विज्ञप्तिमा उल्लेख छ।

त्यसपछी पनि २०८३ असोज १६देखी २३ सम्म सम्पन्न १५औँ महाधिवेशनसमेत सम्पन्न गरी पार्टीले गर्नु पर्ने सम्पुर्ण वैधानिकता पुरा गरी सकिएको अवस्थामा काँग्रेस पार्टीप्रति दुष्प्रचार गरी निर्मित ‘कृत्रिम भाष्य’ लाई कांग्रेसले पूर्ण रूपमा खारेज गरेको छ।

यसका साथै तथाकथित अडियो बयान र आरोपहरू निराधार, कपोलकल्पित तथा नियोजित भएको दाबीका साथ कांग्रेस जुनसुकै प्रश्नको सामना र छानबिनका लागि तयार रहेको जनाइएको छ। यस प्रकरणसँग जोडिएका सम्पूर्ण घटनाहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न कांग्रेसले जोडदार माग गरेको छ।

‘त्यसैगरी नेपाली काँग्रेसले इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीको नाम जोडेर अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत नियन्त्रण तथा छेडखानी गरिएको विषय बाहिर आएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै काँग्रेसले संविधान र विधिको शासन मिचेर प्रहरी महानिरीक्षक हटाउने घटनालाई पनि यसैको कडीका रूपमा व्याख्या गरी राज्यका निकायहरूलाई सत्ता स्वार्थका लागि ‘शस्त्रीकरण’ गरिएको आरोप लगाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑