आज: २०८३ कार्तिक २०, बिहिबार | Thu, 05, Nov, 2026

फुर्केखोलामा पुल बन्ने भएपछी धादिङका नागरिकमा खुशी छायो

२०८३ कार्तिक २०, बिहिबार मा प्रकाशित ( २४ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१९ कात्तिक ।

भोटेकोशी नदीमा आएको बाढीका कारण फुर्केखोलाको मोटरेबल पुल बगाएपछि राष्ट्रीय सडक संन्जालसंग टुटेको धादिङको आवागमनको सम्पर्क अब छिट्टै जोडिने भएको छ । विगत तिन महिनादेखी मलेखुस्थित फुर्केखोलाको पुल नभएकै कारण धादिङका नागरिक लगायत यस पुल हुंदै आवतजावत गर्ने सबै यात्रुहरुलाई निकै सास्ति भएको थियो ।

यस ममस्यालाई ध्यानमा राखी धादिङ जिल्लाका १३ वटै पालिकाका उत्कृष्ट सेवाको भावना भएका स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुको सामुहिक पहल तथा निलकण्ठ नगरपालिका तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रशाद ढुंगाना र ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको विशेष समन्वयमा राजापुर नगरपालिकाका जन्प्रतिनिधिबिच समन्वय गरी फुर्केखोलामा पुन्टन ब्रिज राख्न लागिएको हो ।

यस पुन्टन ब्रिज पानीमा तैरिने (पुल) अस्थाई रुपमा तथा अति आवाश्यक नदीमा राखिने पुलका सामाग्री लिनका लागी धादिङदेखी नेपालगन्ज,बर्दीया राजापुरसम्म पटक पटकको लामो यात्रा गरी सिँचाइ व्यवस्थापन कार्यालयबाट पन्टुन ब्रिज लोड गरी धादिङ तर्फ ल्याउने कार्य गरिसकेको सयोजक एवं् मेयर ढुंगाना र यामनाथ दनैले जानकारी दिनु भयो ।

तत्कालका लागी निकै उपयुक्त यस पुलको निर्माणपछी धादिङवासीको लामो समयको प्रतीक्षापछि फुर्के खोलामा अस्थायी पन्टुन ब्रिज जडान गरी आवागमन सहज बनाउने उहाँहरुको प्रयासले अब मूर्तरूप लिने अपेक्षा गरिएको छ।

आवश्यक सबै प्रकृया पुरा गरी पुलका सामान लोड गरी धादिङ तर्फ ल्याउने क्रममा यस अभियानका विशेष पहलकर्ताहरु नगरपालिका महासंघका अध्यक्ष तथा मेयर ढुंगाना र पालिका अध्यक्ष दनैले पन्टुन ब्रिज (पुल) निर्माण कार्यमा समन्वय र साथ दिने सम्पूर्ण निकाय, धादिङका १३ वटै पालिकाका जनप्रतिनिधिहरु तथा अभियान कर्ताहरूमा धन्यवाद व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑