
बिबियु,नारी वाटिका डट्कम
धादिङ २७ कात्तिक ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तीन वर्ष ६ महिना जेल सजाय भोगेर बिहिबार थुनामुक्त भएका छन्। उनी पूर्वउपप्रधानमन्त्री र्भएका बेला नेपाली नागरिकलाई नक्कली कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको कसुरका दोषी प्रमाणित ठहरिका रायमाझी डिल्लीबजार कारागारको थुनामा थिए।
तर रायमाझीले उमेर हदको सुविधा पाउनका लागि आफु यही कात्तिक २६ मा ६५ वर्ष पुरा भएको भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए। नेपालको हालको कानुनी व्यवस्था अनुसार अदालतले आदेश दिएपछी उनी बिहिबार कैदमुक्त भएका हुन्। रायमाझीले निवेदनसँगै जेष्ठ नागरिकका लागि ६५ वर्ष पुरा भएपछी पाउने सुविधा दावीका लागी आवश्यक प्रमाण पेस गरेका थिए।
नक्कली भुटानी प्रकरणमा २०८० वैशाख ३१ देखि थुनामा रहेका रायमाझीलाई २०८३ असार ३० गते जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै चार वर्षको कैद सजाय तोकेको थियो।
सोही कसुरमा उनमाथी ठगी, राज्यविरूद्धको कसुर, संगठित अपराध कसुर गरेको अभियोगमा दोषी ठहर भइ जेल जिवन बिताई रहेका थिए ।
गत कात्तिक १३ गते काठमाडौं अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले जेष्ठ नागरिकको सुविधा प्रदान गर्ने निर्णय गर्दै कैदमुक्त गर्न आदेश दिएसंगै जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई २५ प्रतिशतसम्म कैद सजाय छुट दिने व्यवस्था नेपालको कानुनमा उल्लेख छ।
उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना,राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो।
कैद छुटको सुविधा पाएर उनी थुनामुब्त भएपनि जरिबाना भने सबै कसुरको व्यहोर्नु पर्ने कानुनी व्यवस्था छ।












प्रतिक्रिया दिनुहोस