
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१ मंसिर
जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत ट्राफिक प्रहरी इकाइहरूले ट्राफिक नियम उल्लङ्घनको कसुरमा ३१ वटा सवारी साधनलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना न्यूनीकरण, नीजि सवारी तथा रातो नम्बर प्लेटका सवारी साधनहरुले यात्रु ओसारपासर गरेको‚ ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गराउन तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले उल्लेखित सवारी साधनलाई कारबाही गरिएको जानकारी दिएको हो । 
जस मध्ये रातो नं। प्लेटका सवारी ९ वटालाई जरिवाना १८,०००,ओभरलोडका ५ वटालाई जरिवाना रु, ८,०००।९ अन्य कारवाही २५ वटा र रु,१६००० गरी ३९ वटा सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारवाही गरी कुल ४२,००० हजार जरिवाना गराएको हो ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक आवागमन सुनिश्चित गर्न ट्राफिक नियमको पालना गर्नु प्रत्येक सवारी चालक तथा सडक प्रयोगकर्ताको दायित्व भएकाले सबै सम्वन्धित पक्षले अनिवार्य ट्राफिक नियम गर्न प्रहरीको अनुरोध छ ।
सवारी चालकहरूलाई सवारी साधनका आवश्यक कागजात साथमा राख्न, नीजि सवारी तथा रातो नम्बर प्लेटका सवारी साधनहरुले यात्रु ओसारपासर नगर्ने‚ तोकिएको क्षमता भन्दा बढी भार नबोक्न, सवारी तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित कानुनको ,पालना गर्न र जिम्मेवार एवं अनुशासित रूपमा सवारी साधन सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय धादिङ हार्दिक अनुरोध पनि गरेको छ ।












प्रतिक्रिया दिनुहोस