
बिबियु,नारी वाटिका डट्कम
धादिङ- १ मङ्सिर ।
करिब एक सातादेखी लगातार जस्तै सुख्खा पहिरो खसेर साना -ठुला सबै खाले सवारी संन्चालनमा जोखिम बन्दै आएको मुग्लिनको घोप्टेभीरमा आज ढुंगा खसेर लाग्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
शोमबार दिउँसो अ. ३ः२२ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ४ पृथ्वी राजमार्ग अन्तर्रगतको घोप्टेभीरमा काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमा सडक माथिबाट ढुङ्गा खस्दा ललितपुरका गंगारामको ज्यान गएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर महानगरपालिका २०का वर्ष ६१ का गंगाराम महर्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ।
सडक मै गुड्दै गरेको अवस्थामा महर्जनको टाउकोमा ढुङ्गाले लागेपछी गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस