
बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु हुंदैछ । लैंगिक हिंसा अन्त्यका लागी ऐक्यबद्धता,पिडितको संरक्षण,दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चतता भन्ने मुख्य राष्ट्रीय को नाराका साथ आजबाट देशभर विभिन्न सचेतनामुलक कार्यक्रमहरु संन्चालन गरी यस अभियानलाई सार्थकता दिइन लागिएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज पहिलो दिन प्रभातफेरीको आयोजना गरिएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालभच पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा विभिन्न हिंसा विरुद्धका कार्यक्रम गरी मनाउने गरेको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने सबै प्रकारको हिंसा विरुद्धको दिवस मनाउने गरेको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेयता यस अभियानलाई विशेष रुपमा मनाउन सुरु भएको पाइन्छ ।
वि.सं.२०७५ कात्तिक २९ मा मन्त्रिपरिषद्बाट निर्णय गरी त्यसयता नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न हिंसा विरुद्धका अभियान गरी यो दिवस मनाउँन थालिएको हो ।
तर पनि विश्वका धेरै मुलुकहरुमा महिलामाथि आर्थिक,सामाजिक,मानसिक तथा शारीरिक हिंसा भने भई नै रहेको पाईन्छ । समय परिवर्तनसंगै हिंसाको प्रकार पनि फेरिँदै आएको भए पनि यद्यपि राज्यका हरेक निकायहरु यसको विरुद्धमा सक्रिय हुंदा,सरकारले कडा कानुन् बनाई लागु गर्दा र समुदाय तहबाटै विभिन्न संघ संस्थाहरु तथा स्थानीय सरकार सक्रिया रुपमा लागेको खण्डमा घर तथा समाजमा केही हदसम्म घरेलु हिंसा तथा लैंगिक हिंसा न्युनिकरण भएको देखिएको छ ।
महिला,बालिकामाथी हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई प्राथमिकता दिनु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक मान्न सकिन्छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियान अन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् ।
यस अभियानको अवसरमा देशैभरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना÷शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।












प्रतिक्रिया दिनुहोस