आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

सुकुमवासीको समस्या झन् झन् बढ्दो, सुक्रबार देखी खानसमेत बन्द गरियो

२०८३ मंसिर १२, शनिबार मा प्रकाशित ( २४ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ मंसिर ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भु भागमा वर्षौ देखी बस्दै आएको सुकुम्वारीका समस्या पछिल्ला समयमा झन् झन् बढ्दै गएको छ ।

नेपालमा सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या वर्षौँदेखि जटिल बन्दै गएको छ। यसअघिका सरकारका पालादेखी नै देशका विभिन्न भुभागमा बसोबास गर्दै आएका वास्तविक भूमिहीनको पहिचान हुन नसक्नु र सरकार फेरिएपिच्छे नीति तथा आयोगहरू परिवर्तन हुनुले यो समस्या झन् बल्झिएको हो ।

त्यसैगरी, नेपालमा हरेक नयाँ सरकार बन्ने बित्तिकै अघिल्लो आयोग विघटन गर्ने र सरकारले आफु अनुकुलको नयाँ समिति गठन गर्ने,आफ्ना आसेपासे नयाँ व्यक्त समितिमा राख्ने र राज्य कोषबाट तलव भत्ता खुवाउने प्रवृत्तिले यो कामले निरन्तरता पाउन सकेको छैन। हालसम्म बनेका दर्जन भन्दा बढी आयोग र समितिहरूले तथ्याङ्क सङ्कलन गर्नमै अर्बौँ खर्च गरे पनि पूर्ण समाधान दिन सकेका छैनन्।

त्यसमाथी पनि पछिल्लो समयमा देशमा रास्वपाको नेतृत्वमा बनेको बालेन सरकारले वैकल्पिक आवासको व्यवस्था नगरी उनीहरुलाई एकै पटक बसीरहेका स्थानबाट हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारले सरकारको चर्को रुपमा विरोध गरेका हुन्।

सरकारले गत वैशाख १२ र १३ मा काठमाडौं उपत्यकाकाको विभिन्न ठाउँमा रहेका सुकुमवासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो। घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरूले सरकार विरुद्धमा कडा विरोध गरेका छन्।

काठमाडौंबाट उठाइएका सुकुमवासीहरुलाई भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासीले उचित व्यवस्थापन बिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थाल ठटाउँदै चर्को रुपमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुलाई सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेर सुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो।

सुकुमवासीहरु थापाथलीबाट विस्थापित भएर बोडे पुगेका र सुकुमवासीका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपनि वर्षाको कारण त्यस ठाउँ डुबानमा परेपछी उनीहरूलाई बोडे सारिएको थियो। अहिले बोडेमा रहेकामध्ये सात परिवारलाई मात्र वास्तविक सुकुमवासी मानेर सरकारले अन्य सबैलाई हटाउन खोजेको उनीहरुको आरोप छ ।

नेपाली नागरिक भएकाले सरकारले सम्मान पूर्वक उनीहरुको बसोवासको व्यवस्था गर्नुपर्ने मागसहित सरकारले वैकल्पिक बसोवासको व्यवस्थापन गर्न नसक्ने भए आफूहरुलाई थापाथलीमै छोडि दिनुपर्ने उनीहरुको माग रहेको छ ।

उनीहरू लामो समयदेखि सुकुमवासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुनःस्थापनाको प्रतिबद्धता अनुसार आफुहरुको माग पूरा नगरेसम्म होल्डिङ सेन्टरमा ननिस्किने बताएका छन्। सरकारले सुकुमवासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भनेर आसवासन दिएको भएपनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उनको गुनासो छ।

सरकारले बोडेस्थितको होल्डिङ सेन्टरमा बसेका सुकुमवासी परिवारलाई शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छोड्न समयसीमा तोकेको थियो। त्यसपछि उनीहरूलाई खाना मान समेत बन्द गरिदिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑