बर्दिया २९ फागुन। बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय एक वृद्धको मृत्यु भएको छ। गए राति अ.११ बजे घर छेउकै खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएर धपाउन गएका बोलीराम थारूलाई हात्तीले आक्रमण गरेको थियो। थारूले हात्ती धपाउन टर्च बाल्ने बित्तिकै उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन्। हात्तीको आक्रमणबाट थारूको घटनास्थलमै मृत्यु... विस्तृतमा