आज: २०८२ कार्तिक १६, आईतबार | Sun, 02, Nov, 2025

सयुक्त नव निर्मित नारी सुरक्षा आवास तथा सहकारी भवन समुद्घाटन एवं् तथा नारी जागरण केन्द्रको २२ औं साधारण सभा सम्पन्न

२०७८ आश्विन २१, बिहिबार मा प्रकाशित ( ४ साल अघि) ९८४५ पटक पढिएको
नारी बाटिका


धादिङ, २१ असोज

सयुक्त नव निर्मित नारी सुरक्षा आवास तथा सहकारी भवन समुद्घाटन एवं् तथा नारी जागरण केन्द्रको २२ औं साधारण सभा सम्पन्न

यही मिती २०७८ असोज १६ गतेका दिन नारी जागरण केन्द्रको वार्षिक भव्य कार्यक्रम सम्पन्न गरेका छ । अव उपान्त यस वाटिकाको तर्पबाट सुचना,समाचार,नेपाली समाजमा दिनहुँ घटिरहने लैंगिक हिंसाका घटनाहरुको संगालोमा संस्थाले गर्ने गतिविधीको बारेका सम्पुर्ण नेपाली माझ जानकारी गराउने उद्देश्यका साथ अघि बढी रहेको केन्द्रले धादिग जिल्लामा पुरानो र स्थापित संस्थाको रुपमा परिचित भई लैंगिक हिंसाको क्षेत्रमा मात्रै नभई समुदाय विकासको क्षेत्रमा उल्लेखनिय रुपमा काम गर्ने संस्थाको रुपमा परिचित छ । यसै सिलसिलामा केन्द्रले नारी बिकास सहकारी संस्था संगको साँझेदारी मा निलकण्ठ नगरपालिका ३ विपीटोल जस्तो धादिगवेशीको मुटुमा नव निर्मित सुविधा सम्पन्न नारी सुरक्षा आवास तथा सहकारी भवन समुद्घाटन,केन्द्रको २२औं साधारण सभा तथा नारी विकास सहकारीको १५औं वार्षिक साधारण सभा निलकण्ठ नगरपालिकाका मेयर श्री भिम प्र।ढुंगानाज्युको प्रमुख आतिथ्यमा समुद्घाटन कार्यक्रम भव्यताको साथ सुसम्पन्न भएकोछ । कार्यक्रममा धादिग जिल्लाका प्रमुख जिल्ला अधिकारी विषेश अतिथी,नेपाल रेडक्रस सोसाईटी धादिगका सभापती नारायण तिमल्सिनाज्यु,जिल्ला प्रहरी कार्यलय धादिगका महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र ईन्चार्ज एवं् इनिस्पेक्टर रमेश थापाज्यु,शसस्त्र प्रहरी वल धादिगका प्रमुख यमुना सिंखडाज्यु,तेसैगरी जिल्ला सहकारी संघका प्रतिनिधी भवानी तिमल्सिना वर्माज्यु,विभिन्न टिमी टेलिभिजन,रेडियो,तथा खवरका पत्राकारहरु,नारी जागरण केन्द्रका महिला समुहका प्रतिनिधीहरु,सस्थाका पदाधिकारी,कर्मचारी स्वयमसेवकहरु लगायत नारी विकास सहकारीका शेयर सदस्यहरुको वाक्लो उपस्थिती रहेको थियो । तेसैगरी कार्यक्रममा नारी जागरण केद्रको वार्षिक प्रगती प्रतिवेदन,नारी विकास सहकारीको वार्षिक प्रगती प्रगती प्रतिवेन,आर्थिक प्रतिवेदन आं९आफ्नै संस्थाका सचिव बाट प्रस्तुत गरिएको थियो कार्यक्रममा मा।वि।स्तरिय वक्तित्वकलामा प्रथम,द्रितिय,तृतिय र सान्तोना स्थान हाँशिल गरेका प्रतियोगीहरु,बालबालिका,जेष्ठ नागरिक,एउटै आमाबाट एकैसाथ जन्मीएका तिम्लीया नानीहरु,लगायत नारी सुरक्षा आवास भवन निर्माणमा आर्थिक,प्राविधिक,नैतिक सहयोग पुर्याउने व्यक्तिहरुको उच्च मुल्यागकनको साथ पुरस्कृत गरिएको थियो,तेसै गरी केन्द्रको २२औं स्थापना दिवश तथा गएको १११औं अन्र्राष्ट्रिय नारी दिवशमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा रगत दान गर्नु हुने रत्तदाताहरुलाई प्रशंसा पत्र पर्दान गरिएको थियो । कार्यक्रम शिक्षा संयोजक पार्वती पौडेल र सहकारीका सचिव सुशिला भण्डारीबाट संन्चाल भएको थियो भने केन्द्रका जेष्ठ नागरिक संयोजक चित्र कुमारी भण्डारी, संस्थाका कार्यकारी निर्देशक भगवती उपे्रती को अध्यक्षतामा उद्घाटन मन्तव्य राखी सम्पन्न भएको हो साथै केन्द्रको सक्रियतामा यस नारी बाटिका विधिवत रुपमा सुचना विभागमा दर्ता भई संन्चालनमा ल्याईएको छ ।
यस खवर अन्लाईबाट नारी आवाज वुलन्द गरी सेवा प्रभाह गर्ने मुख्य उद्देस्यले नारी विकास र नारी जागरण केन्द्रको सयुक्त प्रयासमा वैवसाईट ुसमेत निर्माण गरिएकोछ भने विगतदेखी नै समुदायमा कृर्षी,खानेपानी,सिंन्चाई,सुरक्षित मातृत्व,अपाङता,जेष्ठ नागरिक,बालबालिका सवालमा काम गरी रहेको र अवका दिनहरुमा पनि यस,सवालहरुलाई उजागर गरी निरन्तरता दिदै सम्वन्धित क्षेत्र सम्म पिडितका आवाज पहुँच पुर्याउन नारी वाटिका डट् कम संचालनमा आएकोछ । लैंगिक सवालमा काम गर्दै आईरहेकोछ । विशेष गरी केन्द्रले घरेलु ,लैंगिक हिंसा विरुद्धमा वकालत, पैरवी,हिंसा प्रभावितका लागी निसुल्क कानुनी उपचारमा सहजीकरण गर्दै घरेलु हिंसाका कारण न्यायका लागी अड्डा अदालत धाउन पर्ने परिस्थतीमा श्रीमान्कै घरमा बसेर आफुमाथी भएको अन्यायका विरुद्धमा आवाज उठान ज्यानै जोखिम हुने भएकोले “सुरक्षित आवास तथा सेफ हाउस” आवाश्यकता पर्ने अवस्था देखिएकोले केन्द्र अन्तर्रगत नारी बिकास सहकारीको जग्गामा सरकारी तथा गैह्र सरकारी क्षेत्रबिच समन्वय गरी आर्थिक स्रोत भविश्यमा जुटाई सावटी तथा खर्च लागत जुटाई हिसाव मिलान गर्ने गरी हाललाई केही चन्दा,केही अनुदान र सर सावटीबाट सयुक्त पहलमा भवन समेत निर्माण भई संन्चालनमा आई सकेको छ भने भविश्यमा पनि यस केन्द्रबाट समुदायलाई सेवा पुर्याउनु हाम्रो दायित्व हो । यदी तपाई हाम्रो अभियान संग जोडिन चाहानु हुन्छ भने ईमेल,फेसबुक,टेलीफोन,वैवसाईट, नारी बाटिका डट्कम अनलाईन मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।
खवरदाता भगवती उपे्रती,धादिग

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस