
धादिङ ।
निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन धादिङको अध्यक्षमा पुन विनोदमान श्रेष्ठ चयन हुनुभएको छ । शनिबार चिल्ड्रेनपार्कमा आयोजित दसौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
कार्य समितिको उपाध्यक्षमा शान्तिदीप एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल दिनेश भट्ट, सचिवमा सुनगाभा एकेडेमीका सञ्चालक रामहरि अधिकारी, कोषाध्यक्षमा ब्लुमिङ लोटस इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक एवम् प्रिन्सिपल सञ्जीव गजुरेल चयन हुनु भएको छ ।












प्रतिक्रिया दिनुहोस