
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२३ कात्तिक ।
घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग ९ घण्टापछी खुलेको छ । सवारी संन्चालनमा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
आज बिहानै करिव ५ बजेतिर सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्डको पहिरो पन्छाएपछी केही बेरअघि खुलेको हो।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा शोमबार बिहान सुक्खा पहिरो खसेर उक्त स्थानमा सडक अवरुद्ध भएको थियो। तर बिहानैदेखी नै सडक खुलाउने प्रयास गरिएको भएपनि सो स्थानमा लगातर पहिरो खसेपछी काम गर्न समेत कठिन भएको थियो ।
यद्यपि पहिरो पन्छाउने काम केही बेरअघि सकिएसंगै करिव सवा २ बजेदेखि दुईतर्फी रुपमा सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनु भयो ।
सडक खुलेसँगै बिहानदेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।












प्रतिक्रिया दिनुहोस